दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, अरू सबै रिहा

दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, अरू सबै रिहा

काठमाडौं एक्सप्रेस

काठमाडौं- चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट मध्यरातमा जारी आदेशअनुसार सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत र कुमार तामाङ पनि प्रसाईँसँगै थुनामा पठाइएका हुन्। बाँकी आरोपितहरूलाई भने १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटीमा रिहा गरिएको छ।

Logo