महालक्ष्मी नगरपालिकाको “मेयर–जनता स्वास्थ्य कार्यक्रम” प्रभावकारी बन्दै

महालक्ष्मी नगरपालिकाको “मेयर–जनता स्वास्थ्य कार्यक्रम” प्रभावकारी बन्दै

काठमाडौं एक्सप्रेस

ललितपुर —  महालक्ष्मी नगरपालिकाले सञ्चालन गरेको “मेयर–जनता स्वास्थ्य कार्यक्रम” प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रममार्फत प्रत्यक महिनाको एक दिन नगरपालिका भित्रका अशक्त, विपन्न तथा पिछाडिएका वर्गका नागरिकले विभिन्न रोगसम्बन्धी निःशुल्क उपचार सुविधा पाउँदै आएका छन् ।

बुधबार वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र टिकाथलीमा सो कार्यक्रमअन्तर्गत नसर्ने रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका क्रममा सर्वसाधारण नागरिकहरूको रक्तचाप, मधुमेह, तौल, उचाइलगायतका प्रारम्भिक स्वास्थ्य परीक्षणहरू गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्श पनि दिदै आएकाे स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार स्थानीय नागरिकहरूलाई नसर्ने रोगको जोखिमबारे सचेत गराउँदै प्रारम्भिक परीक्षण र परामर्शमार्फत रोग समयमै पत्ता लगाउने रहेको छ ।

नगरपालिकाले “मेयर–जनता स्वास्थ्य कार्यक्रम”लाई निरन्तरता दिँदै वडा–वडामा नियमित रूपमा यस्ता स्वास्थ्य सेवा विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।

Logo