एमाले सचिवालय बैठक आज बिहान ९ बजे

एमाले सचिवालय बैठक आज बिहान ९ बजे

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ९ बजे बस्ने भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनका लागि भोलि हुने मनोनयन तथा केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने विषयमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

सचिव अर्यालका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि र रणनीतिबारे विस्तृत छलफल हुनेछ।

आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। ती पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकाले हालका लागि अस्थायी कार्यविभाजन गर्दै अघि बढ्ने तयारी एमालेको छ। सोअनुसार मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिइने र जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने तयारी भइरहेको छ।

यस्तै, आजको बैठकले यही २६ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीतिहरू पनि तय गर्ने एक नेताले जानकारी दिएका छन्।

Logo