राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता ९परिमार्जन, २०८२० जारी गरेको छ ।

समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिताका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राससले तयार गरेको २३ बुँदे आचारसंहितामा ऐन, नियम, विनियमको कार्यान्वयन, सामाजिक सद्भावको अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार एवं महत्त्वजस्ता विषय समावेश छन् ।

त्यसैगरी, पछिल्लो समय सूचना प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एआई, इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी अपनाउने विषय पनि संहितामा समेटिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

राससले निर्वाचन केन्द्रित गरेर आफ्नो सञ्चारगृहमा आचारसंहिता कार्यान्वयन गर्ने र त्यसले आगामी निर्वाचनलाई स्वच्छ, सन्तुलित एवं निष्पक्ष सञ्चार सामग्री उत्पादनमा सहयोग पुग्ने कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको विश्वास छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सबै निकाय स्वनियमनमा बसेर सो कार्यलाई सहयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

Logo