काठमाडौँ, । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघआ अनुसार गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आज फेरि बढेको हो।
गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको महासंघले महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । यस्तै सुनको मूल्य शुक्रबार दुई लाख ६७ हजार आठसय रुपैयाँ थियो।
यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेर फेरि सस्तिएको थियो। आज फेरि सुनले पुरानै मूल्यको उच्च रेकर्ड कायम गरेको हो।



प्रतिक्रिया