निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

काठमाडौं एक्सप्रेस

काठमाडौँ, ४ माघः सञ्चारमन्त्री खरेल (मन्तव्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राष्ट्रिय समाचार समिति(रासस)को केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सामाजिक सुरक्षा कोषमा आबद्धता शुभारम्भ’ समारोहमा मन्तव्य राख्नुहुँदैै । तस्बिरः नवीन पौडेल÷रासस

काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगतयका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

राससमा अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आज सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयतपत्र वितरण गर्दै सञ्चामन्त्री खरेलले जिम्मेवार, जवाफदेही व्यावसायिक सञ्चार माध्यमका रुपमा राससले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताए ।

“फागुन २१ मा निर्वाचन हुँँदैछ, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेछ । मतदाता, राजनीतिक दल, सरोकारवालामा सचेतना पु¥याउनुपर्ने अवस्थामा सञ्चारमाध्यमको गहन जिम्मेवारी छ”, मन्त्री खरेलले भन, “निर्वाचनलाई सफल बनाउन विगतमा पनि राससले असाध्यै महत्वपूर्ण भूमिका खेल्यो, अहिले पनि सोहीअनुसारको भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

पछिल्लो समय राससले आफूलाई निखार्दै अघि बढिरहेको उल्लेख गर्दै उनले  आगामी दिनमा पनि सोहीअनुसार सेवा प्रवाहलाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सुझाव दिए ।

फरक प्रसङ्गमा मन्त्री खरेलले समयको सीमितताका बीचमा पनि अन्तरिम सरकारले दीर्घकालीन महत्वका काम गरेको बताए । उनले देश बचाउन र बनाउन आआफ्नो क्षेत्रबाट इमानदारिताका साथ लाग्न सम्पूर्ण तह र तप्कालाई आह्वान गरे । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रहँदा आफूले श्रमजीवी पत्रकारको हकहितका मुद्दा उठाउँदै आएको स्मरण गर्दै राससमा कार्यरत ज्यालादारी तथा करार सेवामा आवद्ध जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकेकामा खुसी मिलेको बताए । “त्यो बेलाको अभियान अहिले पूरा गर्न सकेको छु”, उनले भने ।

सामाजिक सुरक्षासम्बन्धी कार्यविधिलाई थप फराकिलो बनाउन कोषलाई सुझाव दिँदै उनले राससमा कार्यरत सम्पूर्ण श्रमिजीवी पत्रकारलाई कोषमा आबद्ध गराउने बाटो खोलिदिन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । राससमा कार्यरत अन्य श्रमजीवीलाई कोषमा समेट्न व्यवस्थापन सकारात्मक रहेको बताए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा योजनामा सहभागिता हुनु बचत मात्रै नभएर योगदानकर्ताको जीवनको सुरक्षा भएको बताए । कोषले योगदानकर्ताका लागि विभिन्न सुविधा कार्यान्वयनमा ल्याएको जानकारी दिँदै योगदानकर्ता र परिवारको सुरक्षाको जिम्मेवारी कोषले लिने उनको भनाइ छ ।

राससका महाप्रबन्धक सन्दीप राईले राससमा आवद्ध अस्थायी, करार र ज्यालादारी जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुलाई ऐतिहासिक उपलब्धिका रुपमा लिएको बताए । समग्र राससकर्मीको आर्थिक तथा व्यक्तिगत भविश्य सुनिश्चित गरी कार्यसम्पादनमैत्री वातावरण सिर्जना गर्नेक्रममा सामाजिक सुरक्षा शुभारम्भ गरिएको स्पष्ट गर्दै उनले यसमा सहयोग गर्ने सञ्चार मन्त्रालय र कोषलाई धन्यवाद दिए ।   

लाभग्राही योगदानकर्ताका तर्फबाट राससका कार्यालय सहयोगी खिलानाथ दाहालले सामाजिक सुरक्षा कोषमा आबद्ध भएसँगै आफूहरुको भविश्य सुरक्षित बनेको बताए । सामाजिक सुरक्षा कोषमा आबद्धतासँगै सम्पूर्ण अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई प्रोत्साहन मिलेको उल्लेख गर्दै उनले यस प्रक्रियामा संलग्न सञ्चार मन्त्रालय, कोष र रासस व्यवस्थापनलाई धन्यवाद दिए।  

Logo