धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

काठमाडौं एक्सप्रेस

धरान (सुनसरी),। जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

Logo