काठमाडौँ- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दलीय राजनीतिमा प्रवेश गरेसँगै गुप्ताले राजीनामा दिएका हुन् । पछिल्लो समय अमेरिका भ्रमणका विषयमा उनी विवादमा परेका थिए । गुप्ताले आफूले राजीनामा बुझाइसकेको जानकारी दिएका छन्।
राजीनामा स्वीकृत भने भएको छैन ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमन्त्री जगदिश खरेललाई ललितपुर–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने तयारी गरेको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री खरेलले सरकारबाट राजीनामा दिएपछि उनलाई उम्मेदवार बनाउने तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ।
केही दिनअघि मन्त्री खरेलले आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्न इच्छुक रहेको बताएका थिए।



प्रतिक्रिया