सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : अध्यक्ष ओली

सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : अध्यक्ष ओली

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीे सोनाम ल्होछार पर्वको शुभकामना दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै यस्ता पर्वले उज्यालो दिएको बताएका छन् ।

“आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार, यो दिन तामाङ समुदायको नयाँ वर्षको दिन हो”, उनले भनेका छन्, “हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वको उज्यालो दिएको छ र हामीलाई आपसी एकतामा रहन सिकाएको छ ।” अध्यक्ष ओलीले तामाङ समुदायको जीवनदर्शन, भाषा, वेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्व रहेको बताएका छन् ।

Logo