काठमाडौँ, । दैनिक समाचार लेखन र सम्पादनमा व्यस्त रहनुपर्ने राष्ट्रिय समाचार समितिका सम्पादक, समाचारदाता र कर्मचारी आज करिब एक घण्टा तनाव व्यवस्थापनको अभ्यासमा केन्द्रित भएका छन् ।
तनावका कारण र व्यवस्थापनका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्न योग तथा पुनःस्थापना विशेषज्ञ डा विनोद घिमिरे रासस केन्द्रीय कार्यालय भद्रकाली परिसर आएका थिए । उनले भने, “हरेक व्यक्तिमा केही न केही तनाव र समस्या हुन सक्छन्, तर त्यसलाई तनावभन्दा पनि परिस्थितिका रूपमा सहजतापूर्वक लिएर स्वीकार गर्नु उत्तम विकल्प हो ।”
घिमिरेले तनाव तथा समस्या समाधानमा अपनाउनुपर्ने सूत्रबद्ध विधिहरूका बारेका अभ्यास गराएको थिए । त्यसक्रममा राससका महाप्रबन्धक सन्दिप राईले डा घिमिरेको प्रस्तुतिबाट राससकर्मीलाई तनाव व्यवस्थापनबारे थप ज्ञान मिलेको विश्वास व्यक्त गरे । रासस सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारीले तनाव व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई जीवन व्यवहारमा उतार्न सकेको खण्डमा तनाव कम हुने बताए ।
भारतको बैङ्लोरस्थित स्वामी विवेकानन्द योग अनुसन्धान संस्थानबाट सन् २०१६ मा ‘योग तथा पुनःस्थापना’मा एमडी गरेका डा घिमिरे विशेषगरी तनाव चिकित्सासम्बन्धी प्रशिक्षण र अनुसनधानमा सक्रिय रहँदै आएका छन् ।



प्रतिक्रिया