अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं एक्सप्रेस

अध्यक्ष ओली काठमाडौँ, ४ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष केपी शर्मा ओली । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किंदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको दुःखद खबरले मर्माहत भएको बताएका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।

अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । हिजो बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनामा १३ जनाको निधन भएको थियो ।

Logo