गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं एक्सप्रेस

गृहमन्त्री अर्यालद्वारा रासस मिडिया सङ्ग्राहलय अवलोकन काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा रासस मिडिया सङ्ग्राहलय अवलोकन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्ष’ को अवलोकन गरेका छन् । भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा आज उनले सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकन गरेका हुन् ।

गृहमन्त्री अर्यालले सङ्ग्रहालयको अवलोकनपछि आगन्तुक पुस्तिकमा “यस सङ्ग्रहालयमा रहेका राससका स्थापनाकालदेखिका विभिन्न सामग्री (प्रेस, पत्रपत्रिका, बुलेटिन, टेलिफोन र टाइपराइटर) लगायत सामग्रीका बारेमा गहिरो जानकारी भएको”, उल्लेख गरेका छन् ।

गृहमन्त्री अर्याललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखहरुले स्वागत गरेका थिए ।

Logo