सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौंं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १३ सय रुपैयाँले बढेर तीन लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन (सोमबार) तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Logo