सञ्चार सचिव बस्नेत राससमा

सञ्चार सचिव बस्नेत राससमा

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । सञ्चार तथ सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले रासस केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन्।

भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको आज निरीक्षणका क्रममा आज उहाँले रासस समाचार सङ्कलन, सम्पादन, सङ्ग्रहालय र समाचार बुलेटिनकक्षको अवलोकन गरेका हुन् ।

सचिव बस्नेतले राससका समाचार सङ्कलन, सम्पादन, तस्बिर, अङ्ग्रेजी समाचार सेवालगायत राससका समग्र उत्पादन र सेवाबारे जानकारी लिए । उनलाई कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्ग्रहालयमा राखिएका राससका स्थापनाकालदेखिका विभिन्न सामग्री ९प्रेस, पत्रपत्रिका, रासस बुलेटिन, टेलिफोन र टाइपराइटर०लगायत सामग्रीका बारेमा जानकारी दिएका थिए ।

साथै उनले समाचार सङ्कलन र सम्प्रेषण प्रक्रिया, राससको आर्थिक अवस्था, आयआर्जन, साधनस्रोत र जनशक्तिबारे पनि सचिव बस्नेतलाई अवगत गराए ।

Logo