काठमाडौं ,। स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार ५ हजार ७२५ मा किनबेच भएको थियो ।



प्रतिक्रिया