काठमाडौँ, । काठमाडौँ क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका छन् भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिए ।
त्यसैगरी, काठमाडौँ क्षेत्र नं ८ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म मतगनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
उनले एक हजार ७२४ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । यहाँको मतगणना नागार्जुन नगरपालिकाको कार्यालयमा भइरहेको छ ।



प्रतिक्रिया