भक्तपुरमा दुवै क्षेत्रमा मध्यरातिदेखि मतगणना सुरु

भक्तपुरमा दुवै क्षेत्रमा मध्यरातिदेखि मतगणना सुरु

काठमाडौं एक्सप्रेस

भक्तपुर, । प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ ।

भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२ः३० बजेदेखि मतगणना सुरु भएको हो । भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७८ हजार २७२ मत अर्थात् ७३।११ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।

त्यस्तै, भक्तपुर क्षेत्र नं १ मा आज राति १ बजेदेखि मतगणना सुरु भएको हो । मध्यपुरथिमि नगरपालिका सिन्टीटारस्थित कृषि विकास बैंकको तालिम हलमा भएका मतगणना राति १ः०० बजे सुरु भएको हो । निर्वाचन क्षेत्र नं २ मा कुल ९८ हजार ३५६ मतदाता रहेकामा ७१ हजार ९९६ मत अर्थात् ७१।४६ प्रतिशत मत खसेको बिसीले जानकारी दिए । दुवै क्षेत्रको प्रारम्भिक मतपरिणाम भने सार्वजनिक भएको छैन ।

Logo