काठमाडौँ, । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेको तालिमको उद्घाटन गरे ।
त्यसअवसरमा रक्षा सचिव केदारनाथ शर्माले यही चैत १८ गतेसम्म जारी रहने तालिमको औचित्यबारे प्रकाश पारेका थिए । विसं २०७२ मा सुरु भएको तालिममा हालसम्म २५२ जना सहभागी भएका छन् ।



प्रतिक्रिया