नेकपा स्थापना दिवसको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेकपा स्थापना दिवसको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए ।

अध्यक्ष ओलीलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओली पित्त थैलीको पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकलाई आग्रह गरिएको छ । नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरिएको थियो ।

Logo