प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा

प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री, राजनीतिक आस्था र निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। गलत क्रियाकलाप गर्ने सबैलाई कानूनी दायरा ल्याउनुपर्ने उनले बताए ।

कांग्रेसका नेता तथा कार्यकर्ताले गलत गरेको भएमा आफूहरु कारबाही गर्न सहयोग गर्ने तर पूर्वाग्रह वा दुराग्रह राखेमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए। काँग्रेसमा आवद्ध भएकै आधारमा केही नेताहरुलाई राज्यबाट पूर्वाग्रह, दूराग्रह वा अत्याचारको शिकार बनाउन खोजिएको शंका पैदा भएको उनको भनाई छ । उहाँले सत्तारुढ दल रास्वपाका नेता तथा कार्यकर्ताको हकमा पनि यही सिद्धान्त लागू हुनुपर्ने बताए ।

Logo