पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

काठमाडौं एक्सप्रेस

कास्की, । पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आउनुभएको छ । निजी भ्रमणका क्रममा उहाँ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा उहाँका समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन् । पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन् ।

राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उहाँको स्वागत हुन् । विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको छ । उनी एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्नुहुने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिए । उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्नेछन् ।

त्यसैगरी उनले यहाँ बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्नुहुने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।

Logo