काठमाडौं । संघीय राजधानीको व्यस्त पर्यटकीय केन्द्र ठमेल र नयाँबजारको सङ्गमस्थलमा अवस्थित ‘होटल डिलाइट’ ले स्वदेशी तथा विदेशी पर्यटकका लागि आधुनिक सुविधासहितको आतिथ्य सेवा प्रदान गर्दै आएको छ । विगत एक दशकदेखि सञ्चालनमा रहेको यस होटलले पारिवारिक वातावरण, सुरक्षा र गुणस्तरीय सेवालाई आफ्नो मुख्य प्राथमिकता बनाएको छ ।

होटलमा १८ वटा पूर्ण रूपमा सुसज्जित ‘एसी’ रूमहरू रहेका छन् । आधुनिक डिजाइनमा तयार पारिएका यी कोठाहरू फराकिला र आरामदायी हुनुका साथै पाहुनाहरूलाई घरकै जस्तो अनुभूति दिलाउने किसिमका छन् । होटलको अर्को मुख्य आकर्षण ‘रूफटप रेष्टुरेन्ट’ हो, जहाँबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्दै विभिन्न स्वादका परिकारहरूको आनन्द लिन सकिन्छ ।
ठमेल र नयाँबजारको मुख्य हाईवेमै अवस्थित भएकाले होटलसम्मको पहुँच अत्यन्त सहज छ । काठमाडौंका प्रमुख पर्यटकीय एवं धार्मिक स्थलहरू पशुपतिनाथ, दरबार क्षेत्र तथा ऐतिहासिक सम्पदाहरू यहाँबाट छोटो दूरीमा रहेका छन् । व्यस्त शहरको बीचमा भए पनि होटलले प्रशस्त पार्किङ सुविधा उपलब्ध गराएको छ, जसले निजी सवारीमा आउने पाहुनाहरूका लागि थप सहजता प्रदान गरेको छ ।

होटलका महाप्रबन्धक युवराज न्यौपानेले आगामी दिनमा सेवाको गुणस्तरलाई थप परिष्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । “हामीले आधुनिक सुरक्षा प्रणाली र प्रशिक्षित कर्मचारीमार्फत पाहुनालाई निर्धक्क बसाइको अनुभूति दिलाउँदै आएका छौं,” उनले भने, “आगामी दिनमा अझ आधुनिक सुविधाहरू थप गर्दै होटललाई उच्च स्तरमा पुर्याउने हाम्रो लक्ष्य छ ।”
सुलभ मूल्यमा उत्कृष्ट सेवा दिने लक्ष्य राखेको होटल डिलाइट प्रा.लि.ले विशेष गरी पारिवारिक वातावरण खोज्ने पर्यटकहरूका लागि आफूलाई एक भरपर्दो गन्तव्यका रूपमा स्थापित गरेको छ ।



प्रतिक्रिया