प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

काठमाडौं एक्सप्रेस

काठमाडौँ,। प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सो भेटमा दुई देशका पारस्पारिक हितका विविध विषयमा कुराकानी भएको थियो ।

सो उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुई देशबीचका विभिन्न सहयोग तथा परियोजनामा सम्झौता तथा शिलान्याश भएको थियो ।

आजै दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

आज बिहान प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित राजघाट पुगेर त्यहाँ रहेको भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । नेपाली प्रतिनिधिमण्डलसहित उहाँ आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडान मार्फत् काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

साथै आइतबार साँझ प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुई देशबीचका विविध विषय एवम् आपसी हितका मुद्दाहरुमा कुराकानी भएको थियो ।

Logo