खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३स् पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३स् पाँच जनालाई नगदसहित सम्मान

काठमाडौं एक्सप्रेस

खोटाङ, । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्‍याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छदिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमका अवसरमा नगदसहित सम्मान गरिएको हो ।

साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइपा–११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारितामा दिक्तेलकी पत्रकार सविना अछामे परियारलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानित सबैलाई जनही नगद रु ११ हजार १११ को साथमा दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिए ।

महोत्सवको अन्तिम दिन ९शनिबार० साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो । साहित्यिक कार्यक्रममा कवि मनु मञ्जिल, अछामका कवि कमल सङ्घर्ष, विराटनगरबाट बबिता भुजेल, भोजपुरबाट कविता राई र रजत किराती, खोटेहाङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र नाराथुङ्गे, दिप्रुङ चुइचुम्मा प्रज्ञा प्रतिष्ठानका सचिव कोपिता राईलगायत करिब ४० जना साहित्यकारले आ–आफ्नो सिर्जना वाचन गरेका थिए ।

महोत्सवको पहिलो दिन जेठ ३ गते खुला दौड प्रतियोगिता आयोजना गरिएको थियो । छुट्टाछुट्टै उमेर समूह विभाजन गरेर छ विद्यामा आयोजना गरिएको दौड प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी ७५५ जना धावकले सहभागिता जनाएका थिए ।

पन्ध्र वर्षभन्दा माथिका १० किलोमिटर खुला महिला÷पुरुष दौड प्रतियोगिताको महिलातर्फ खोटाङकी दीर्पा बस्नेत तथा पुरुषतर्फ ताप्लेजुङका अमिर लिम्बूले प्रथम उपाधि जित्नुभएको थियो । प्रतियोगितको उपाधि विजेता धावकले जनही नगद रु १५र१५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महोत्सवकै अवसरमा जेठ ६ गते आयोजना गरिएको खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । देशभरका ५१ खेलाडीले सहभागिता जनाएको प्रतियोगितमा भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै नेपालले रु २५ हजार नगदसहितको उपाधि जित्नुभएको हो ।

खेलकुद तथा साहित्यको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्न विगत तीन वर्षदेखि निरन्तर महोत्सवको आयोजना गर्ने गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए । “खेलकुद र साहित्यको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाका रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन भएको बृहत् महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको अनुमान गरिएको छ”, उनले भने, “महोत्सवको पहिलो दिन खुला दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा बालबालिकादेखि वृद्धवृद्धासम्मले उत्साहपूर्वक सहभागिता जनाएका थिए । महोत्सवको माध्यमबाट खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउँदै सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।”

महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन भएको महोत्सवले जिल्लाको व्यापार–व्यवसायसमेत वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।

खेलकुद, साहित्यक तथा पर्यटन महोत्सवले अवसर नपाएर ओझेलमा रहेका प्रतिभाहरूको पहिचान भएको आयोजकले दाबी गरेको छ । जिल्लाका दशवटै स्थानीय तहसँगको सहकार्यमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न रु ३० लाख १३ हजार २३२ बजेट लागेको आयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए ।

Logo