कर्णाली, । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताएका छन् ।
आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताए ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले गफ नगरी कार्यसम्पादनलाई जनमैत्री र उत्कृष्ट बनाइने जनाए ।
उनले भने, “समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको एक्लो प्रयासले पूर्ण हुन सक्दैन । यसका लागि सबै सरोकारवालाबीच आपसी समन्वय, सहकार्य र सहयोग आवश्यक छ । सुर्खेत राजधानी सहर भएकाले बढ्दो जनङ्ख्या र यसले निम्त्याएका चुनौती र समस्याको अध्ययन गरी समाधानका उपाय खोज्नेछौँ ।”
उक्त कार्यक्रममा पत्रकारले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौनजन्य गतिविधि चुनौतीका रुपमा देखिएको औँल्याउँदै त्यसको नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा सुझाएका थिए ।
प्रहरी उपरीक्षक पोखरेलले सही सूचनामा आधारित रहेर कानुनविपरीतका गतिविधिलाई न्यूनीकरण एवं नियन्त्रण गर्न बोलेरभन्दा गरेर देखाउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।



प्रतिक्रिया