कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काठमाडौं एक्सप्रेस

काँक्रेविहार ९सुर्खेत०,। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताएका छन् । अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि सुखद् भएको बताए ।

“हाल खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौँ”, मुख्यमन्त्री कँडेलले भने, “कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको छ ।”

उहाँले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि सङ्घीय सरकारका कारण ढिलो भइरहेको आरोप लगाए । “हामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पूर्ण तयारीमा छौँ”, उनले भने, “केन्द्र सरकारका कारण समयमै १० औँ खेल प्रतियोगिता आयोजना हुन सकेको छैन ।”

सङ्घीय सरकारले कर्णालीलाई बजेटमा जहिल्यै उपेक्षा गर्दै आएको उनको गुनासो थियो । “अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, अङ्क आइपुग्दा टिठलाग्दो हुन्छ”, उनले भने ।

नेपाल क्रिकेट सङ्घका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगीता आयोजना गरिएको बताए। कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय महिला अन्डर–१९ प्रतियोगीताबाट राष्ट्रिय टीनको छनोट गरिने र सोही टीमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने छ ।

विजेतालाई पाँच लाख पुरस्कार

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु पाँच लाख र उपविजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी ९प्लेयर अफ द सिरिज० लाई रु ४० हजार, उत्कृष्ट ब्याटरलाई रु २५ हजार, उत्कृष्ट बलरलाई रु २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही रु तीन हजार प्रदान गरिने छ ।

Logo