सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण

सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण

काठमाडौं एक्सप्रेस

चितवन, ८ असार : सञ्‍चामन्त्री डा तिमिल्सिना-अवलोकन सूचना तथा सञ्‍चामन्त्री डा विक्रम तिमिल्सिना सोमबार चितवनमा हालै निर्माण सम्पन्न भएको राष्ट्रिय समाचार समितिको कार्यालय भवनको अवलोकन गर्नुहुँदै।अवलोकनका क्रममा मन्त्री तिमिल्सिनाले भवनको भौतिक पूर्वाधार, सेवा प्रवाह तथा संस्थागत गतिविधिबारे जानकारी लिनुभएको थियो।तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, । सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले राष्ट्रिय समाचार समिति ९रासस० भरतपुरको नवनिर्मित तालिम भवनको आज निरिक्षण गरेका छन्।

नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिए ।

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचार सेवालाई छिटो छरितो रुपमा सम्प्रेषण गर्न निर्देशन दिए । समाचार सामग्री उत्पादनमा महत्वपूर्ण भूमिका रहेको राससले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात् गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रु पाँच करोड ७६ लाख ७१ हजार लागतमा निर्माण गरेको रासस भवनमा २० वटा कोठा र सभाकक्ष रहेको छ ।

भरतपुर महानगरपालिका वडा नं १० स्थित भरतपुरमा आफ्नै जग्गामा निर्माण भएको रासस तालिमकेन्द्र भवनमा भूमिगत पार्कीङ् समेत रहेको छ ।

Logo