दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

काठमाडौं एक्सप्रेस

प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री गुरुङ काठमाडौँ, २३ असारः गृहमन्त्री सुदन गुरुङ मङ्गलबार सङ्गीय संसदको सभाहल सिंहदरबारमा बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक– २०८३ अन्तर्गत गृह मन्त्रालय मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उनले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको जानकारी दिए ।

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उनीहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुग्नुभएको थियो ।

गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको उच्च कदर गरिएको उल्लेख गरेका छन् ।

Logo