प्रतितोला ३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ ।हिजो (मंगलबार) चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

Logo