सुन तीन हजार २ सय रुपैयाँले घट्यो

सुन तीन हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घटेको छ । हिजो बुधबार प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Logo