बाढीपीडितलाई ६३ लाख सहयोग

बाढीपीडितलाई ६३ लाख सहयोग

काठमाडौं एक्सप्रेस

बनेपा (काभ्रे), । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।

पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् ।

पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले रु १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट रु १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट रु १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो ।

Logo