काठमाडौं, । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु तीन हजार २०० र चाँदी रु १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८२५ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र असली चाँदी रु तीन हजार ९३० मा कारोबार भएको थियो ।



प्रतिक्रिया