सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ, भने चाँदीको मूल्य रु २० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६००  र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम भएको छ । 

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार  र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम थियो ।

Logo