सुन र चाँदीको मूल्यमा बृद्धि

सुन र चाँदीको मूल्यमा बृद्धि

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।

Logo