सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ रहेको छ ।

Logo