पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं एक्सप्रेस

काठमाडौं, । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्‍यो । गृह मन्त्रालय स्रोतले उनलाई भारतको कलकत्ताबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको बताएको छ ।अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो ।

अर्याल मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । उनी मन्त्रालयको सचिव हुँदा भएको भनिएको निर्णय प्रक्रियामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए । मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए ।

Logo