काभ्रेपलाञ्चोक, । सभामुख डोलप्रसाद अर्यालले सुशासनप्रति जनअपेक्षा रहेको बताएका छन् । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रमा उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताए ।सभामुख अर्यालले भने“सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप…