काठमाडौं। बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठले सरकारले ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई ‘राष्ट्रिय राजमार्ग’ का रूपमा रूपान्तरण र विस्तार गर्ने तयारी अघि बढाएकोमा गम्भीर आपत्ति जनाएका छन् । विकासको मोडलले स्थानीय सभ्यता, नागरिकको थातथलो र ऐतिहासिक पहिचानलाई विस्थापित गर्नु हुँदैन भन्दै उनले ‘ग्वार्को–दाहालटार सडक प्रभावित सरोकार समिति’ मार्फत स्थानीय जनताले उठाएका मागहरूमा दृढ समर्थन र ऐक्यबद्धता जाहेर…