काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वमा सैन्य प्रयोजनका सामग्री छिटो पुर्याउन सक्ने आपूर्ति संयन्त्र निर्माण भए पनि किसानको जीविकासँग प्रत्यक्ष जोडिएका मल, इन्धन र अन्य आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन नसकिएको भन्दै विश्व व्यवस्थामाथि प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वको प्राथमिकता निर्धारण तथा स्रोतको वितरणमा पुनर्विचार गर्नुपर्ने आवश्यकता…