काठमाडौं,। स्थानीय बजारमा शुक्रबार (आज) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।…