घट्यो लोकल गोलभेडाको भाउ

काठमाडौं- कालीमाटीमा बिहीबार गोलभेडाको भाउमा घटेको छ। लोकल सानो गोलभेडा र टनेलको सानो गोलभेडाको मूल्यमा घटेको छ। बिहीबार लोकल सानो गोलभेडाको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र टनेलको सानो गोलभेडाको थोक मूल्य ८३ रुपैयाँ कायम भएको छ। बुधबार लोकल सानो गोलभेडाको औसत मूल्य ७० रुपैयाँ र टनेलको सानो गोलभेडाको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो।

Logo