काठमाडौँ, । मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजन सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ सीएनआई ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उनले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकास…