मध्य पश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह विशेष अतिथिको रुपमा सम्मानित भएका छन् । भारतको चन्दीगढस्थित चन्दीगढ विश्वविद्यालयले आयोजना गरेको विश्वस्तरीय सम्मेलनमा सहभागी हुने क्रममा प्राडा सिंहलाई विश्वविद्यालयले विशेष अतिथिको रुपमा सम्मान गरेको हो । चन्दीगढ विश्वविद्यालयले विश्व शिक्षा सम्मेलन-२०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा विश्वभरका ५० भन्दा बढी देशका प्रतिनिधि एवं शिक्षा…