पाटन ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्नयोग्य…