तनहुँ, । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ ९रिङ्गरोड०का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ । दमौली–केशवटार,…