काठमाडौँ, – कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ । सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय…