काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूले स्मार्ट लाइसेन्स नपाएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने गरेको बताए । ‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो छरितो काम हुन्छ भने पनि उल्टो…