महोत्तरी, – सडक मानव र अनाथ बालबालिकाको व्यवस्थापनका लागि बर्दिवास–२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजित शिवपुराण महायज्ञबाट आज चौथो दिनसम्म दाताहरूबाट रु ३५ लाख नगद प्राप्त भएको छ । गत सोमबार प्रारम्भ भएको महायज्ञबाट आज चौथो दिनसम्म यो परिमाणको रकम प्राप्त भएको शिवपुराण महायज्ञ मूल आयोजक समितिको आर्थिक उपसमितिले जनाएको हो…