भद्रपुर – बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा आज मेचीनगरको निचाझोडा सिमसार क्षेत्रमा विपद् पूर्वको अभ्यासबारे बृहत् प्रदर्शन गरेको हो । संयुक्त प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, विभिन्न सामुदायिक विद्यालयका…