काठमाडौं- नेपाल पत्रकार महासंघको निर्वाचन तीन साता पछि सरेको छ । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते शनिबारका लागि तोकेको निर्वाचनको मतदान सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । 'मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने…