काठमाडौँ, २८ भदौ : प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ…